गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय

धौलागिरी प्रादेशिक अस्पताल

बागलुङ, नेपाल

सामाजिक सेवा इकाई शाखा


यस अस्पतालमा आर्थिक वर्ष २०७२/२०७३ बाट सामाजिक सेवा इकाई स्थापना भई संचालनमा आएको छ ।यस कार्यक्रम संचालनको लागि साझेदार संस्थाको रुपमा वि.वाई.सी. बागलुङ छनौट भएको थियो संस्थाले चार जना सहजकर्ताहरु छनौट गरि अस्पतालमा कामकाजको लागि सहजिकरण गर्दै आएको छ ।यस बाट नेपाल सरकारले स्वास्थ्य नीति अनुसार लक्षित वर्गहरुलाई निशुल्क एवं आंसिक छुटमा स्वास्थ्य सेवा प्रदान गर्न सहजिकरण गर्ने कार्य गरिदै आएको छ ।यसमा अस्पतालवाट प्रदान गरिने स्वास्थ्य सेवा प्राप्त गर्नमा लक्षित वर्गले सहजता प्रदान गरेका छन ।सामाजिक सेवा इकाई अन्तरगत पूर्ण तथा आंशिक छुट पाउने लक्षित वर्गहरु यस प्रकार छन :

  • अति गरिब/गरिव
  • असहाय
  • अपाङ्गता भएका व्यक्ति (परिचय पत्र वाहक)
  • ज्येष्ठ नागरिक (पहिचान पत्र वाहक)
  • लैङ्गिक हिंसा पीडित ( बाल बालिका समेत)
  • गरिव तथा विपन्न आकस्मिक विरामी
  • विपद एवम् प्राकृतिक प्रकोप (महामारी, भूकम्प, बाढी, पहिरो, आगलागी आदी) बाट पीडि
  • सीमान्तकृत तथा लोपोन्मुख आदिवासी, जनजाती
  • महिला स्वास्थ्य स्वयंसेविका (पहिचान पत्र वाहक)
  • कुपोषित बालवालिका
  • प्रहरीले ल्याएका थुनुवा तथा कैदी बिरामी
  • सहिद परिवार (पहिचान पत्र वाहक)
  • स्थानीयताका आधारमा थप गर्नु पर्ने लक्षित समुह ।