गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय

धौलागिरी प्रादेशिक अस्पताल

बागलुङ, नेपाल

एक द्वार संकट व्यवस्थापन सेवा


लैङ्गिक हिंसालाई प्रभावकारी र दक्षतापूर्वक सम्बोधन गर्नका लागि सरकारले अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्धार संकटू व्यवस्थापन केन्द्र ओसिएमसी कार्यक्रम सञ्चालन गरेको छ । लैङ्गिक हिंसा पीडित या प्रभावित व्यक्तिहरुलाई आवश्यक सबै सेवाहरु जतिसक्दो चाँडो एकद्वार प्रणालीबाट उपलब्ध गराउने यो कार्यक्रमको मुख्य उद्देश्य हो | ओसिएमसी कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्यामा लैगिक हिंसा अन्त्य तथा लैगिक सशक्तीकरण राष्ट्रिय रणनीति तथा कार्ययोजना २०६९ र अस्पतालमा आधारित सैगिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना सञ्चालन निर्देशिका २०७७ जारी समेत गरिसकेको छ|स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श, चिकित्सकीय कानूनी सेवा, सुरक्षा, आश्रय, कानूनी उपचार र पुर्नस्थापना केन्द्र निःशुल्क रुपमा उपलब्ध गराउदै आएको छ । हिंसामा परेका व्यक्तिहरूको शारीरिक उपचार गर्नुपर्छ । मानसिक परामर्श, मेडिको लीगल भनेको चिकित्सकीय प्रमाण संकलन गर्ने सेवा उनीहरूको क्षमता विकास गर्ने, सशक्तिकरण, कानुनी उपचारको सेवा पनि यस अन्तर्गत पर्छन्। शिक्षा, मर्यादित सामाजिक पुर्नस्थापित या पुर्नमिलन गर्ने सेवा पनि यसमा पर्छन्।हिंसामा परेका व्यक्तिलाई समाज वा घर परिवारमा पुनः राम्रोसँग बस्न सक्ने वातावरण निर्माणमा पनि ओसिएमसीको भूमिका हुन्छ । यी सबै सेवाहरु निःशुल्क रुपमा हुन्छन्।यस अस्पतालमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा व्यवस्थापन समिति रहेको छ भने जिल्ला समन्वय समितिको प्रमुखको संयोजकत्वमा सल्लाहकार समिति छ ।सेवा प्रवाह गर्ने क्रममा विभिन्न निकायसँग समन्वय र सहकार्य गर्नुपर्छ । स्वास्थ्य मन्त्रालयले अग्रसरता लिंदैमा मात्र एकीकृत सेवा र ओसिएमसी कार्यक्रम प्रभावकारी रुपमा अपि बढ्न सक्दैन । यो कार्यक्रमलाई न्यायलयले सुरक्षा निकायले गैर सरकारी संस्थाले पनि यसलाई उत्तिकै महत्वपूर्ण रुपमा हेरिरहेको छ। सेवा दिने कुरा नै सबैभन्दा ठूलो चुनौतीको रुपमा रहेको छ । सेवाका लागि आवश्यक पर्ने जनशक्ति, बजेट, समन्वय, सहकार्यको कुरा पनि आउँछ। किशोरी तथा महिलाहरु हिंसाबारे सचेत हुनुहुन्छ । तर हिंसा प्रतिकार गर्न सक्ने क्षमता भने अझै बढाउन आवश्यक छ। २०६९ सालदेखि सुरु भएको यो कार्यक्रम हाल ७७ जिल्लाको ८८ वटा अस्पतालमा विस्तार भइसकेको छ।


मुख्य कार्यहरू