मातृ तथा शिशु मृत्यु पुनरावलोकन कार्यक्रम
अस्पतालमा सन्चालीत आमा सुरक्षा कार्यक्रम अन्तरगत आकस्मिक प्रसुति सेवा EOC लाई प्रभावकारी बनाउन यस धौलागिरी अस्पतालमा मातृ तथा शिशु मृत्यु पुनरावलोकन कार्यक्रमको लागि एकिकृत प्रजनन स्वास्थ्य कार्यक्रम अन्तरगत जम्मा रकम रु २८४०००१- (दुइ लाख चौरासी हजार) छुट्याइएको थियो। मातृ तथा शिशु मृत्यु सम्बन्धी पुनरावलोकन कार्यक्रम अन्तरगत अस्पतालमा भएको मातृ तथा शिशु मृत्यु पुनरावलोकन समिति लगायत कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारिहरुको समूह निर्माण गरी एक दिन पुर्नताजगि तालिम सन्चालन गरियो । यस कार्यक्रममा शिशु तथा मातृमृत्युको ऐतिहासिक पृष्ठभुमि, कार्यक्रमको उद्देश्य, यसमा प्रयोग हुने शब्दावली, मातृ तथा शिशु मृत्यु पुनरावलोकन फाराम साथै अस्पतालमा भएका शिशु मृत्यु तथा मातृ मृत्युको विश्लेषण प्रस्तुत गरी सम्पूर्ण स्वास्थ्य कर्मी तथा कर्मचारी हरुलाई उक्त कार्यक्रम प्रति संवेदनशिल भई नवजात शिशु तथा आमा हरुको ज्यान बचाउन हामीबाट गर्न सकिने पहल र कार्यहरु सम्बन्धमा छलफल गरीयो । साथै आकस्मीक प्रसुती सेवा अन्तगत कुनै महिला गर्भवती प्रसव तथा सुत्केरी अवस्थामा उत्पन्न हुन सक्ने विविधखालका समस्याहरु मध्ये कुनै पनि कारणबाट पिडित भई यस अस्पतालको इमरजेन्सी वा अन्तरंग मध्ये कुनै पनि विभागमा भर्ना भई उपचारको क्रममा यदि उक्त महिलाको मृत्यु हुन गयो भने उक्त महिलालाई निजको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुबाट गर्न नसकिएको कुनै प्रयास उपाय या तरिका अपनाएको भए निजलाई बचाउन सकिन्थ्यो कि भनि सम्भाव्य बचावटका प्रयासहरु खोजि गर्न तथा आमाले गर्भधारण गरेको २२ मा देखिको बच्चा मृत अवस्थामा जन्मीयो या जिवित अवस्थामा जन्मीएको भए तापनि जन्मिएको ७ दिन भित्र उपचारको क्रममा मृत्यु भयो भने उक्त बच्चालाई पनि हामी अस्पताल कर्माहरूको कुनै प्रयास उपाय या तरिकाबाट बचाउन सकिन्थ्यो कि भनी सम्भाव्य सम्बन्धित स्वास्थ्यकर्मीहरु बसी आपसि समिक्षा गर्ने र त्यसरी समिक्षा गरि निस्कीएको निश्कर्षहरु उपचारको क्रममा आफैले अवलम्बन गर्ने काम यस अस्पतालमा Maternal and perinatal death review (MPDSR) कार्यक्रम अन्तगत गरियो । मिति २०७१।१२।७ गते यस अस्पतालमा एक दिने मातृ तथा शिशु मृत्यु पुनरावलोकन कार्यक्रमको समिक्षा सन्चालन गरियो । साथै प्रत्येक शिशु मृत्यु र मातृ मृत्युको पुनरावलोकन फारम भरि अभिलेखिकरण गरि भरिएका रामहरुको Online कम्प्युटर इन्ट्रि गरियो।
