जिन्सि शाखा
अस्पतालको सेवा संचालनको लागि जनशक्ति आर्थिक श्रोत स्थानको साथसाथै जग्गा भवन मेसिन औजार उपकरण र विभिन्न जिन्सि समानको आवस्यकता पर्दछ। जिन्सि समानको प्राप्तिको साथसाथै सो को अभिलेख प्रणालि र मालसमानको उपयोग तथा नियमित रुपमा जतन गर्नु पर्ने हुन्छ । जसको लागि कार्यालयमा रहेको समानको अभिलेख समेत दुरुस्त पार्नुपर्ने हुन्छ । अस्पतालको स्वामित्वमा रहेका सम्पत्तिको प्राप्ति, उपयोग, व्यवस्थापन, रेकर्डिङ, रिपोटिङ तथा मर्मत र सोको उपयोग मिति समाप्त भएपश्चात निसर्ग गर्ने सम्मका काम जिन्सि व्यवस्थापनमा पर्दछन। अस्पतालको सम्पत्ति तथा जिन्सि सम्वन्धी रेकर्डिङको लागि नेपाल सरकारले लागु गरेको PAMS (Public Assest Management System ELIM(Electric Logistic information Management System) प्रणालिको प्रयोग गरिने प्रणालीको प्रयोग गरिएको छ ।

तुलसी राम कंडेल