प्रशासन/जिन्सी शाखा
धौलागिरी प्रादेशिक अस्पताल बागलुङको स्थायी तर्फ स्वीकृत दरवन्दी संख्या जम्मा ९९,अस्पताल व्यवस्थापन समिति तर्फ स्वीकृत दरवन्दी संख्या जम्मा १०६ गरि जम्मा स्वीकृत दरवन्दी कुल २०५ रहेको र अन्य विभिन्न कार्यक्रम तर्फ कर्मचारीहरु कार्यरत रहेका छन ।
त्यसैगरि अस्पतालको सेवा संचालनको लागि जनशक्ति, आर्थिक श्रोत, स्थानको साथसाथै जग्गा, भवन, मेसिन, औजार उपकरण र विभिन्न जिन्सि समानको आवस्यकता र प्राप्तिको साथसाथै सोको अभिलेख प्रणाली र मालसमानको उपयोग तथा नियमित रुपमा जतन र अभिलेख समेत राख्नु पर्ने हुन्छ । अस्पतालको स्वामित्वमा रहेका सम्पत्तिको प्राप्ति, उपयोग, व्यवस्थापन, रेकर्डिङ, रिपोटिङ तथा मर्मत र सोको उपयोग मिति समाप्त भएपश्चात निसर्ग गर्ने सम्मका काम पर्दछन । अस्पतालको सम्पत्ति तथा जिन्सि सम्वन्धी रेकर्डिङको लागि नेपाल सरकारले लागु गरेको PAMS (Public Asset Management System) प्रणालिको प्रयोग गरिएको छ ।
- अस्पताल खोल्ने, बन्द गर्ने तथा अस्पतालको सुरक्षा र सरसफाई तथा कर्मचारीलाई विभिन्न विभागमा खटाउने प्रत्येक कर्मचारीलाई स्वीकृत कार्य विवरण र कामको जिम्मेवारी दिने
- कर्मचारीको दैनिक उपस्थिति, हाजिरी अभिलेख राख्ने र लगबुक भराउने
- पत्रहरु दर्ता, चलानी र पत्राचार गरि सुरक्षित अभिलेख राख्ने आवश्यकतानुसार कागजात तयार गर्ने
- कर्मचारीको व्यक्तिगत विवरण, विदा काज तथा अन्य रेकर्डको अध्यावधिक गर्ने र आवश्यकतानुसार अध्यावधिक गर्दे जाने
- अस्पतालको सेवालाई चुस्त दुरुस्त र प्रभावकारी बनाई छिटो छरितो एवम् सर्वसुलभ रुपमा सेवा तथा कार्यसम्पादन गर्ने गराउने, पालो पहराको व्यवस्था गर्ने
- आवश्यक कर्मचारीहरुलाई विज्ञापन, र करार सम्झौता गरि काममा लगाउने।
- विभिन्न बैठकहरुको उपयुक्त व्यवस्थापन र निर्णय पुस्तिका सुरक्षित राख्ने र निर्णको कार्यान्वयन गर्ने
- अस्पताल व्यवस्थापन समितिमा भए गरेका निर्णयहरुको अभिलेख राख्ने र निर्णय पुस्तिका सुरक्षित राखि निर्णयको प्रतिलिपि समयमै तयार गरि मन्त्रालय वा सम्बन्धित निकायमा पठाउने
- विभिन्न शाखा अन्तर्गत रहेका कर्मचारीहरुको निरीक्षण र मूल्याङ्कन गरि राय सहित कार्यालय प्रमुख समक्ष पेश गर्ने
- कर्मचारीहरुको सरुवा, बढुवा, नियुक्ति, पदस्थापन र काज सम्बन्धी कारवाही उठान गर्ने र निर्णय कार्यान्वयन गर्ने
- अस्पतालबाट विभिन्न अध्ययन, तालिम, गोष्ठी, सेमिनार, बैठक र अन्तरक्रियामा सहभागी पठाउने
- रिक्त रहेका पदहरु पूर्तिको लागि सम्बन्धित निकायमा माग गर्ने
- पदपूर्तिको लागि विज्ञापन प्रकाशित गरी नियुक्ति गर्ने
- कर्मचारीहरुलाई दण्ड, सजाय, प्रोत्साहन, पुरस्कार, राजिनामा, स्पष्टिकरण र अन्य कर्मचारी प्रशासन सम्बन्धी विषयहरुको आधिकारिक राय सहित मन्त्रालयमा पेश गर्ने र निर्णय कार्यान्वयन गर्ने
- अस्पतालका शाखाको समीक्षा गर्ने र शाखा प्रमुखहरुको नियमित वैठक राख्ने
- प्रत्येक आर्थिक वर्षको सुरु महिनामा कार्य सम्पादन मूल्यांकन फाराम भर्न जानकारी गराउने र सम्बन्धित निकायमा पेश गर्ने
- भौतिक सामग्री एवम् सवारी साधनहरुको मर्मत सम्भार तथा संरक्षण गर्ने
- मालसामान खरिद, दाखिला, खर्च र लिलाम विक्री सम्बन्धी कार्य गर्ने र सोको अभिलेख राख्ने
- अस्पतालमा काम कारवाहीका सम्बन्धमा पर्न आएका उजुरी, निवेदन, गुनासाहरु दर्ता गरि छानविन एवम् कारवाही गर्ने
- अस्पतालमा आएका अन्य निकायहरुका निवेदन, निर्देशन एवम् गुनासाहरुको सम्बन्धमा कारवाही गर्ने
- प्राप्त उजूरी र गुनासाहरुको अभिलेख राख्ने, गुनासाहरु समाधानको लागि पहल गर्ने
कर्मचारीहरु
मुख्य कार्यहरू
- अस्पताल खोल्ने, बन्द गर्ने तथा अस्पतालको सुरक्षा र सरसफाई तथा कर्मचारीलाई विभिन्न विभागमा खटाउने प्रत्येक कर्मचारीलाई स्वीकृत कार्य विवरण र कामको जिम्मेवारी दिने
- कर्मचारीको दैनिक उपस्थिति, हाजिरी अभिलेख राख्ने र लगबुक भराउने
- अस्पतालको लेटरप्याड र छाप सुरक्षित रुपमा प्रयोग गर्ने
- पत्रहरु दर्ता, चलानी र पत्राचार गरि सुरक्षित अभिलेख राख्ने आवश्यकतानुसार कागजात तयार गर्ने
- कर्मचारीको व्यक्तिगत विवरण, विदा काज तथा अन्य रेकर्डको अध्यावधिक गर्ने र आवश्यकतानुसार अध्यावधिक गर्दे जाने
- अस्पतालको सेवालाई चुस्त दुरुस्त र प्रभावकारी बनाई छिटो छरितो एवम् सर्वसुलभ रुपमा सेवा तथा कार्यसम्पादन गर्ने गराउने, पालो पहराको व्यवस्था गर्ने
- आवश्यक कर्मचारीहरुलाई विज्ञापन, र करार सम्झौता गरि काममा लगाउने।
- विभिन्न बैठकहरुको उपयुक्त व्यवस्थापन र निर्णय पुस्तिका सुरक्षित राख्ने र निर्णको कार्यान्वयन गर्ने
- अस्पताल व्यवस्थापन समितिमा भए गरेका निर्णयहरुको अभिलेख राख्ने र निर्णय पुस्तिका सुरक्षित राखि
- निर्णयको प्रतिलिपि समयमै तयार गरि मन्त्रालय वा सम्बन्धित निकायमा पठाउने
- विभिन्न शाखा अन्तर्गत रहेका कर्मचारीहरुको निरीक्षण र मूल्याङ्कन गरि राय सहित कार्यालय प्रमुख समक्ष पेश गर्ने
- कर्मचारीहरुको सरुवा, बढुवा, नियुक्ति, पदस्थापन र काज सम्बन्धी कारवाही उठान गर्ने र निर्णय कार्यान्वयन गर्ने
- अस्पतालबाट विभिन्न अध्ययन, तालिम, गोष्ठी, सेमिनार, बैठक र अन्तरक्रियामा सहभागी पठाउने
- रिक्त रहेका पदहरु पूर्तिको लागि सम्बन्धित निकायमा माग गर्ने
- पदपूर्तिको लागि विज्ञापन प्रकाशित गरी नियुक्ति गर्ने
- कर्मचारीहरुलाई दण्ड, सजाय, प्रोत्साहन, पुरस्कार, राजिनामा, स्पष्टिकरण र अन्य कर्मचारी प्रशासन सम्बन्धी विषयहरुको आधिकारिक राय सहित मन्त्रालयमा पेश गर्ने र निर्णय कार्यान्वयन गर्ने
- अस्पतालका शाखाको समीक्षा गर्ने
- प्रत्येक आर्थिक वर्षको सुरु महिनामा कार्य सम्पादन मूल्यांकन फाराम भर्न जानकारी गराउने र सम्बन्धित निकायमा पेश गर्ने
- भौतिक सामग्री एवम् सवारी साधनहरुको मर्मत सम्भार तथा संरक्षण गर्ने
- मालसामान खरिद, दाखिला, खर्च र लिलाम विक्री सम्बन्धी कार्य गर्ने र सोको अभिलेख राख्ने
- अस्पतालमा काम कारवाहीका सम्बन्धमा पर्न आएका उजुरी, निवेदन, गुनासाहरु दर्ता गरि छानविन एवम् कारवाही गर्ने
- अस्पतालमा आएका अन्य निकायहरुका निवेदन, निर्देशन एवम् गुनासाहरुको सम्बन्धमा कारवाही गर्ने
- प्राप्त उजूरी र गुनासाहरुको अभिलेख राख्ने, गुनासाहरु समाधानको लागि पहल गर्ने

बिपिन पुन
तारानाथ शर्मा
सुयश सापकोटा
विनोद रिजाल