सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्मावाट अस्पतालको अनुगमन
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश पोखराका श्रीमान सचिव डा. श्री विनोद विन्दु शर्मा, स्वास्थ्य प्रशासक डा. श्री रमेश के.सी., लेखा अधिकृत इन्द्र कमल सिग्देल र जगत वन्धु पौडेलको टोलीले यस अस्पतालको अनुगमन गर्नु भएको छ । सो अवसरमा डा. विनोद विन्दु शर्माले मिति २०८० साल असार ४ गते ढोरपाटन नगरपालिका वुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी हुन नसकी हेलीकप्टर मार्फत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएकोमा मौसम खरावीका कारणले धौलागिरि क्याम्पसमा अवतरण गरि यस अस्पतालमा उपचार गराइरहेकी बागलुङ जिल्ला निसिखोला गाउपालिका वडा नं ५ निवासी १९ वर्षकी सिता सुनारलाई भेटेर वधाई ज्ञापन गर्नु भएको थियो ।
Download: सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्मावाट अस्पतालको अनुगमन
41
