माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अस्पतालको अवलोकन गर्नु भएको छ।
गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यस अस्पतालको अवलोकन गर्नु भएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्मा र प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारीले अस्पतालमा स्वागत गर्नु भएको थियो ।
अवलोकन कार्यक्रममा मुख्यमन्त्री पाण्डेले अस्पताललाई विगतमा पनि सहयोग गरेको र थप सहयोग गर्ने प्रदिवद्धता व्यक्त गर्नु भयको छ । अवलोकन कार्यक्रममा निवर्तमान स्वास्थ्य मन्त्री मा. कृष्ण प्रसाद पाठकको पनि सहभागिता रहेको थियो ।
Download: माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अस्पतालको अवलोकन गर्नु भएको छ।
38
