गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय

धौलागिरी प्रादेशिक अस्पताल

बागलुङ, नेपाल

रेकर्डिङ शाखा


 

यस अस्पतालको रेकर्डिङ शाखामा अस्पतालका विभिन्न शाखाबाट प्रदान गरिएका सेवाहरुको अभिलेख राख्ने, मासिक तथा वार्षिक प्रतिवेदन तयार गर्ने र सम्बन्धित निकायमा पेश गर्ने। वार्षिक रुपमा अभिलेख संकलनको लागि स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण गर्ने मासिक प्रतिवेदन तयार गरि सो उपर छलफल गर्ने अस्पतालमा संचालित विधुतिय स्वास्थ्य अभिलेख (EMR) को नियमन गर्ने कार्य यस शाखाबाट हुन्छ । साथै विभिन्न संघ संस्था र सरोकारवाला निकायहरुलाई आवश्यक पर्ने अस्पताल संग सम्बन्धित नियमानुसारका तथ्याङ्क उपलब्ध गराउने कार्य समेत यस शाखाले गर्दै आएको छ । हाल यस शाखामा १ जना मेडिकल रेकर्डर कार्यरत रहनु भएको छ।
 
 

कर्मचारीहरु
मुख्य कार्यहरू