फार्मेसी शाखा
धौलागिरी अस्पतालको फार्मेसी निर्देशिका २०७२ बमोजिम औपचारिक रुपमा २०७३/०८/१५ वाट सुरुवात गरिएको हो । सुरुवातमा फार्मेसी संचालन गर्दा जम्मा २ जना कर्मचारी कार्यरत थिए भने मिति २०७४ साल वैशाखबाट सम्पूर्ण विरामीलाई सेवा प्रदान गरेको फार्मेसीले सेवा विस्तार गरि मिति २०७४ साल श्रावण १ गतेबाट २४ सै घण्टा सेवा प्रदान गर्न सुरु गरेको फार्मेसीमा २ जना कर्मचारीवाट वढेर हाल ७ जना कर्मचारी वाट सेवा प्रदान गरिएको छ। यस शाखामा मासिक औसतमा ३८०००००/- व्यापार १० प्रतिशत विरामी शशुल्क र ९० प्रतिशत विरामी निशुल्क रुपमा उपचार गराइरहेका छन ।
फार्मेसी स्वास्थ्य सेवा हो, जसमा औषधि र चिकित्सा उपकरणहरू छनौट गर्ने तयारी गर्ने, भण्डारण गर्ने, कम्पाउन्ड गर्ने र वितरण गर्ने, बिरामी, डाक्टर, नर्सहरू र अन्य स्वास्थ्यकर्मीहरूलाई सुरक्षित र प्रभावकारी बनाउन सल्लाह दिने कला, अभ्यास र पेशा समावेश छ। भौगोलिक विकटताका कारणले कतिपय लाइफ सेभिङ मेडिसिन पाउन कठिन भएको त्यास्ता औषधी खरिद प्रक्रिया सहज वनाउनु पहल गर्नु पर्ने आवश्यकता रहेको छ । औषधीको गुणस्तर GMP Certification le गर्छ । अस्पताल फार्मेसीले विश्व स्वास्थ्य संगठनबाट मान्यता पाएको औषधी मात्र विक्रि वितरण गर्नु पर्छ। औषधी तातो वाट, हावावाट ड्यामेज गर्ने भएकोले औषधीलाई चिसो र सुख्खा स्थानमा भण्डारण गर्नु पर्ने हुन्छ । धेरै जसो औषधीहरु जस्तै ट्याब्लेटस, क्यपसुल, सिरोप्स, जेल २५ डिग्रि सेल्सियस तापक्रममा भण्डारण गर्नु पर्ने हुन्छ । इन्सुलिन, भ्याक्सिन जस्ता औषधीहरु २ डिग्रि सेल्सियस देखि ८ डिग्रि सेल्सियस तापक्रममा फ्रिजिङ गरेर राख्नु पर्ने हुन्छ ।
*वर्गीकरण:
नेपालमा समुह (क), समुह (ख) र समुह (ग) गरी तीन समूहमा विभाजन गरिएको छ । धौलागिरी अस्पताल, बागलङ
नार्कोटिक र साइकोट्रोपिक औषधिहरू समुह क अन्तर्गत छन्, एन्टिमाइक्रोबियल र हर्मोनल ड्रगहरू समुह ख अन्तर्गत छन् र ओटीसी, एन्टिहिस्टामिनिक र भिटामिनहरू समुह ग अन्तर्गत पर्दछन । समुह क नार्कोटिक र साइकोट्रोपिक ड्रगहरू एनएमसी दर्ता गरिएका डाक्टरहरूद्वारा मात्र सिफारिस गरिन्छ र यी औषधिहरू वितरण र परामर्श गर्न फार्मासिस्ट आवश्यक छ ।
यस अस्पतालको फार्मेसि शाखामा जम्मा ८०२ प्रकारका औषधीहरु पाइन्छन जसमा -
१. ग्यास्ट्रो इंटेस्टाइनल ड्रग्स: 44
२. एन्टी माइक्रोबियल ड्रग्स: 121
३. डायलाइसिस सम्बन्धितः 7
४. कार्डियो भास्कुलर 81
५. मधुमेह: 32.
६. इनहेलर ड्रग्स: 16
७. श्वासप्रश्वास ४२
८. एन्डोक्रायोलोजी: 16
९. CNS: 60
१०. स्टेरोइड 18
११. NSAIDs: 55
१२. एनेस्थेसिया: 31
१३. खोपहरू: 5
१४. दन्त, डर्मा, ent: 94
१५. पोषण र भिटामिन: 18
१६. तरल पदार्थ: 16
१७. सर्जिकल वस्तुहरू: 146

सन्तोष सुवेदी
निर्मला देवी शर्मा
दिपेन्द्र पुन
अनिल श्रीस
प्रशान्त घर्ती मगर
अनिल परियार
इन्द्र वहादुर ओली
शुष्मा पन्थ
सुजन परियार