पिसिआर ल्याव शाखा
Covid-19 PCR ल्याव मिति २०७८/०१/१० गते स्थापना भई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्थलगत अनुगमन र प्रतिवेदन तयार गरि मिति २०७८ / ०१/ १५ गते परिक्षण गर्न अनुमति प्रदान भएको र शोही दिन देखि हाल निरन्तर रुपमा सेवग्राहीलाई सेवा दिदै आइरहेको छ। पहिले खोज र अनुसन्धानमा मात्र प्रयोग हुने यो विधी अहिले Diagnosis परिक्षणका लागि प्रयोग गर्न थालिएको हो । गण्डकी प्रदेश अन्तर्गतका ५ वटा सरकारी अस्पताल मध्ये क्षमताका हिसावले यो दोस्रो नं. मा पर्ने प्रयोगशाला हो । यस ल्यावको क्षमता दैनिक ५०० देखि ६०० परिक्षण गर्ने गरिएकोमा हाल भने दैनिक १० देखि १२ जनाको स्याम्पल परिक्षण गर्ने गरिएको छ । यस प्रयोगशालालाई ५ वटा Subunit मा विभाजन गरिएको छ जसमा Extraction, Mastermixm Record Reporting, Sterilization र Doning and Doffing रहेको छ । हाल सम्म ३ पटक Proficiency testing (PT) मा सहभागी भएको र १०० प्रतिशत नतिजा निकाल्न सफल भएको छ । प्रत्येक महिनाको १० गते सम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १० वटा Positive र ५ वटा Negative Sample External Quality Assessrnent (EQAS) को लागि पठाउने गरेको र हाल सम्म १०० प्रतिशत अर्थात उत्कृष्ट भएको छ ।
भविष्यमा यस प्रयोशालालाई HIV Viral Loud Influenza PCR Bacteriul PCR र खोज अनुसन्धानात्मक केन्द्रका रूपमा पनि विकशित गर्न सकिन्छ । यस ल्यावबाट हाल सम्म १८६०० जनाले सेवा लिइसकेका छन । हाल यस प्रयोगशालामा २ जना मेडिकल ल्याव टेक्नोलोजिष्ट र १ जना कार्यालय सहयोगी कार्यरत रहेका छन ।

खिम वहादुर वि.क.