बाच्चा वार्ड
यस अस्पतालको बच्चा वार्ड A -BLOCK भवनको तेस्रो तलामा रहेको छ। यस विभागमा SNCU, Paediatric, Surgical गरि जम्मा ३ वटा यूनिट रहेका छन। हरेक वार्ड छुट्टा छुट्टै कोठामा रहेका छन। यस वार्डमा ८ शैया रहेका छन । जम्मा २ वटा बेडमा मोनिटर जडान गरिएको छ। Surgical Ward मा ३ वटा बेड उन SNCU मा ४ वटा बेड सवैमा मोनिटर जडान गरिएको छ । Baby Warmer सबै बेडमा रहेका छन । हरेक वेडहरू आधुनिका प्रविधिवाट वनेकाले विरामीको सेवा सुविधामा सहजता भएको छ प्रत्येक बेडमा आवश्यकतानुसार IV Stand Bed side Locker र Flowmeter जस्ता अत्यावश्यक सामाग्रीहरु रहेका छन। वार्ड संचालन गर्नको लागि आवश्यक सामाग्रीहरु जस्तै इमर्जेन्सी औषधिहरू सामानहरु Suction Machine, ECG Machine आदि सामानहरु उपलब्ध छन । यस विभागमा जम्मा ६ जना नर्सिङ कर्मचारी र १ जना कार्यालय सहयोगी कार्यरत छन कुनै पनि विरामी अस्पतालमा सेवा लिन आए पश्चात टिकट काउन्टरमा टिकट लियर आवश्यकतानुसार चिकित्सकको सल्लाह बमोजिम विरामीलाई रोगको किसिम अनुसार भर्ना प्रकृया अगाडि बढाई औषधि उपचार र नर्सिङ सेवा प्रदान गरिन्छ ।यस वार्डमा बच्चा वार्ड, SNCU Surgical वार्ड गरि ३ वटा वार्ड रहेका छन ।
बच्चा वार्ड यस बच्चा वार्ड विभागमा विभिन्न फरक/फरक किसिमका रोग लागेका विरामी बच्चाहरुको प्रयोगशाला - परिक्षण, उचित उपचार र आवश्यकतानुसार उचित समयमा रेफर आदि सेवाहरु दिने गरिएको छ । SNCU वार्ड यस वार्डमा भर्खर जन्मेदेखि १ महिना (२८ दिन सम्मका बच्चाहरूको विभिन्न रोग तथा समस्याको निदान
प्रयोगशाला परिक्षण उपचार साथै नवजात शिशु उपचार प्याकेज रहेका छन
Package '0' अन्तर्गतको सवा (Resuscitation / KMC / Antibiotics as per IMNCT Protocal) निशुल्क हुन्छ Package 'A' यस अन्तर्गतको सेवाको लागि रु १०००/- सेवा शुल्क लाग्नेछ ।
Package 'B' यस अन्तर्गतको सेवाको लागि रु २०००/- सेवा शुल्क लाग्दछ ।
Package 'C' यस अन्तर्गतको सेवाको लागि रु ५०००/- शुल्क लाग्दछ । गत आर्थिक वर्ष २०७८७९ मा यस वार्डबाट सेवा लिने १९८ जना रहेका छन।

डा. यशोदा पौडेल
डा. सन्दिप के.सी.
डा. कमल पुष्प थापा
मिलन वरुवाल