पोषण
पोषण गृह मिति २०६९ साल फागुन महिनामा स्थापना भई गैरसरकारी संस्थाले संचालन गरिरहेकोमा मिति २०७५ साल असार महिनामा विधिवत रुपमा यस अस्पताललाई हस्तान्तरण गरि अस्पतालले १० शैयाको पोषण पुनस्थापना केन्द्र संचालन गरिरहेको छ । जिल्लाका विभिन्न पालिका, प्राथमिक स्वास्थ्य केन्द्र लगायतका स्थानवाट रिफर भई वा उपचार लिन स्वतस्फुर्त रुपमा आएका कुपोषण वच्चाहरु यस गृहमा सेवा लिन आउने गरेका छन । विशेष गरि ५ वर्ष भित्रका कुपोषित विरामीहरुलाई सेवा दिइरहेको छ । यस शाखामा आएका बच्चाको HIV, TB लगायतका विभिन्न परिक्षण गरि बच्चालाई अनुसूचि/तालिका बमोजिम पोषणयुक्त खाना खुवाउने गरिन्छ । वाल रोग विशेषज्ञको प्रत्यक्ष निगरानिमा गरिने उपचार २४ सै घण्टा उपलब्ध रहेको छ । हाल ९ जना कर्मचारी कार्यरत रहेको यस शाखामा आउने सेवाग्राही संगै आमा र अभिभावकलाई समेत खाना खुवाउने व्यवस्था रहेको छ ।

निशान्त आचार्य
गंगा सापकोटा
टिका देवी शर्मा
शुशिला किसान
शर्मिला पर्छाई शर्मा
दुर्गा पौडेल
विष्णु कुमारी खड्का
कमला कुमारी शर्मा