गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय

धौलागिरी प्रादेशिक अस्पताल

बागलुङ, नेपाल

प्रसुति शाखा / सुरक्षित गर्भपतन


प्रसुती विभाग (Maternity) अस्पतालको दोस्रो तल्लामा रहेको र अस्पतालको स्थापना देखि नै सेवा दिइरहेको छ । यसभित्र गर्भवति अवस्थामा आवश्यक परेमा भर्ना प्रसुति सेवा, सुत्केरी पश्चात आमा र बच्चालाई सेवा दिइन्छ । यस वार्डमा जम्मा १५ बटा शैया रहेका छन् । प्रसुति शैया २, प्रसव पिडामा भएकालाई राख्ने ५ ओटा शैया र सुत्केरी पश्चात तथा अन्य भर्ना बिरामीलाई राख्ने १० शैया रहेका छन् । यस अस्पतालमा सामान्य तथा जटिल प्रसुति सेवा, निशुल्क भर्ना तथा अपरेशनद्वारा गरिने (CS) प्रसुति सेवा, गर्भवति महिलालाई भर्ना र उपचार सेवा, स्त्री रोग भएका महिलाहरुको भर्ना र उपचार सेवा, सुत्केरी महिलाहरुको भर्ना र उपचार सेवा, VIA सेवा रहेका छन। २०७८ साल श्रावण १ गते देखि २०७९ साल असार मसान्त सम्म यस वार्डमा प्रसुति सेवा लिने ११९६ जना रहेका छन । यस अस्पतालमा सेवा लिन सामान्य अवस्थामा ओ.पि.डि. मा जांच गराएर डाक्टरको सल्लाह अनुसार भर्ना गरिन्छ भने आकस्मिक अवस्थामा सिधै प्रसुति वार्ड मै वा आकस्मिक कक्षबाट आवश्यकता अनुसार भर्ना, उपचार र रिफर गरिन्छ ९ जना दक्ष प्रसुति कर्मि (SBA) तालिम प्राप्त नर्सिङ कर्मचारीबाट सेवा प्रदान गरिन्छ । प्रसुति भएको सेवाग्राहीलाई निशुल्क रुपमा न्यानो झोला प्रदान गरिन्छ। यातायात खर्च बापत रु २०००/- र नियम अनुसार ४.६, ८ र ९ महिनामा जाँच गरेकालाई रु ८००/- प्रोत्साहन भत्ता दिइन्छ ।