ICU / Isolation शाखा
यस धौलागिरी अस्पतालको B- व्लकको दोस्रो तलामा मिति २०७६ / १२ /१५ मा सुरु भएको विभाग अन्तर्गत ३ वटा वार्डहरु रहेको छ । कोभिड आईसोलेसनमा २१ शैया, कोभिड ICU ३ शैया र नन कोभिड ICU ४ शैया गरी जम्मा २८ शैया रहेका छन । कोभिड १९ को महामारी पश्चात स्थापना भएको यस आईसोलेसन वार्डमा संक्रामक तथा सरुवा रोगहरुको उपचार सेवा प्रदान गरिन्छ। कोभिड १९ को बिरामी सिकिस्त भएमा तथा ICU आवश्यकता भएमा कोभिड ICU मा राखि उपचार गरिन्छ । यस अस्पतालमा उपचार लिन आउने सिकिस्त बिरामीहरुको उपचारको लागी जनरल ICU को आवश्यकता महशुस गरी मिति २०७४-९-१३ देखी यस अस्पतालमा ICU सेवा शुरु गरिएको हो । जनरल ICU मा ईमरजेन्सी तथा अन्य वार्डमा सिकीस्त भइ ICU मा राखि उपचार गर्नुपर्ने बिरामीहरुलाइ भर्ना गरी उपचार प्रदान गरिन्छ । ICU को स्थापना पछि सिकिस्त बिरामीहरु उपचारको लागी पोखरानै जानुपर्ने बाध्यता कम भएको छ । यस अस्पतालको ICU शाखामा कन्सल्टेन्ट फिजिसियन २ जना, नर्सिङ अधिकृत १ जना, स्टाफ नर्स ८ जना, कार्यालय सहयोगी ४ जना कार्यरत रहेका छन । यस शाखावाट सघन उपचार सेवा Isolation (संक्रामक सरुवा रोगको उपचार सेवा), ABG सेवा, र डायलायसिस गरिरहेका विरामीले पनि सेवा लिन सकिन्छ। आइसोलेसन वार्ड बाट सेवा लिनको लागी सेवाग्राही / बिरामी ओ.पि.डी., ईमर्जेन्सी, वा अन्य बार्डमा डाक्टर द्वारा चेकजाँच गर्दा कोभिड १९ को शंका भएमा वा कोभिड १९ पोजिटिभ भएमा आइसोलेसन वार्डमा भर्ना भइ तहाँ बाट उपलब्ध सेवा प्राप्त गर्न साकिनेछ
आइसोलेसन वार्डमा भर्ना हुनुभएका कोभिड १९ पोजिटिभ हुनुभएको बिरामीहरुलाइ सरकारको नियमनुसार यस अस्पतालबाट उपलब्ध हुने सम्पुर्ण सेवाहरु निशुल्क प्रदान गरिन्छ । यस वार्डमा भर्ना भएका बिरामीहरुलाई उपचारको नेपाल क्रममा डायलाइसिस गर्नुपर्ने भएमा डायलाइसिस सेवा पनी यसै वार्डमा उपलब्ध छ ।
यस जनरल ICU (सघन उपचार कक्ष) मा सेवा लिने बिरामीहरुलाई भेन्टिलेटरमा राखी उपचार गर्नुपर्ने भएमा रु. १५००(एकहजार पाँचसय) प्रतिदिन र मोनिटर मात्र गर्नुपर्ने वा भेन्टिलेटरमा राखी उपचार गर्नुनपर्ने भएमा रु. १०० (एकहजार ) प्रतिदिन शुल्क लाग्दछ ।
स्वास्थ्य बिमा गराउनु भएका सेवाग्राही हरुले स्वास्थ्य बिमाबाट सेवा लिन सक्नुहुनेछ भने नेपाल सरकारले तोकेको लक्षित वर्ग ( अति गरिब, अपाङ्ग, जेष्ठ नागरिक आदी भित्र परेमा अस्पतालमा रहेको सामाजिक सुरक्षा इकाई बाट सुबिधा लिई उपचार गराउन सकिनेछ । यस शाखामा २०७८ साल श्रावण १ गते देखि २०७९ साल असार मसान्त सम्म २३७ जनाले सेवा लिएका छन ।
