इमर्जेन्सी शाखा
वि.स. २०१६ सालमा अस्पतालको स्थापना संगै आकस्मिक विभाग पनि निरन्तर संचालनमा आइरहेको छ। सामान्यतया तत्काल हेरचाह र मद्दतको आवश्यकता परेका सेवाग्राहीहरुलाई मेडिकल सर्जिकल वा अन्य कुनै पनि किसिमको सेवा र हेरचाहको प्रावधानको लागि जिम्मेवार विभागलाई आकस्मिक विभाग भनिन्छ । यस विभागमा सेवा लिन आउने सेवाग्राहीहरु कुनै न कुनै प्रकारका अप्ठ्यारो स्थिती परेर आइरहेका हुन्छन। विभिन्न दर्घटना भई जीवन र मृत्युको दोसाधमा रहेका विरामीहरु उपचारको लागि आउने शाखामा तत्काल उपचार र हेरचाहमा संलग्न रहेर प्राण बचाउने हुनाले यसलाई आकस्मिक विभाग भनिएको हो। यस शाखामा Fracture, Burn, Shock, Poisoning, Cardiac arrest, Fall injury लगायतका विरामीहरु उपचारमा आउने गरेका छन । कुनै पनि विरामी यस शाखामा उपचारको लागि आएमा सर्वप्रथम हामी संगै उपलब्ध भएको स्रोत र साधनको उपलब्धता र विरामीको बाच्ने सम्भावना अनुसार विभिन्न वर्गमा विभाजन गरि उपचार गरिन्छ ।
- RED Category - कुनै पनि मेडिकल कन्डिसन भएको विरामीलाई (Cardiac arrest, Open fracture with severe bleeding) immediate service provide गर्नु पर्ने विरामीलाई उपचार सुरु गरिन्छ
- Yellow Category - कुनै पनि मेडिकल कन्डिसन भएका विरामी (severe pain, hemodynamically stable) जसलाई ३० मिनेट सम्म waiting गराउन सकिने विरामीलाई राखेर उपचार गरिन्छ ।
- Green Category – कुनै पनि मेडिकल कन्डिसन भएका विरामीलाई (Ambulatory patient, Ariway severe hemodynamically stable) तत्काल उपचार गर्न नपर्ने र लामो समय सम्म waiting गराएर उपचार गर्न सकिन्छ ।
- Black Category – Death भइसकेका विरामीलाई Black Category मा राखिन्छ ।
साथै यस शाखामा ECG, Nebulization, Dressing, Emergency management र Suturing, DC shock with AED, Orthopedic Procedure like Cast, slab application, Emergency USG scanning सेवा लिन सकिन्छ । हाल ८ जना मेडिकल अधिकृत, ३ जना हेल्थ असिस्टेन्ट, ५ जना अ.हे.व. र ४ जना कार्यालय सहयोगी गरेर जम्मा २० जना कर्मचारीहरु यस शाखामा कार्यरत रहेका छन।

डा. रविन वावु पौड्याल
डा. विश्वास बास्तोला
डा. सुजन भण्डारी
डा. सुरज प्रसाद ओझा
श्रेयश पन्त
दिपेन्द्र वि.क.
सरोज के.सी.
सदिक्षा पौडेल
डिल वहादुर थापा
पार्वती थापा
सरोज कुमार महतो
भरत शर्मा
पूर्णकला थापा
दुर्गा श्रीस
कृष्ण प्रसाद शर्मा
चिरन्जिवि सापकोटा
गोविन्द गैरे
विजुला किसान