गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय

धौलागिरी प्रादेशिक अस्पताल

बागलुङ, नेपाल

हेमोडायलायसिस शाखा


यस अस्पतालको सि- ब्लकको अगाडी अवस्थित यस डायलाईसिस वार्डको स्थापना २०७५-०१-१० मा भएको हो । यस वार्डबाट मृगौला खराब भइ डायलाईसिस गराउन पर्ने बिरामीहरुले सेवा लिन सक्नुहुनेछ । यस वार्डमा जम्मा ७ वटा बेड र ६ वटा डायलाईसिस मेसिन रहेको छन । शुरुवातमा दुईजना बिरामीबाट सेवा शुरु गरेको यस वार्डबाट हाल ४१ जना बिरामीले नियमित सेवा लिईरहनु भएको छ।

सेवा लिन आवश्यक पर्ने प्रक्रिया

 

डायलाईसिस वार्ड

 

यस वार्डबाट सेवा लिनका लागी विभिन्न कारणले अकस्मात मृगौलाले काम नगरेमा वा अन्य कारणले अकस्मात डायलाईसिस गर्नुपर्ने बिरामी हरुलाई संबन्धित डाक्टरले डायलाईसिस गराउनु भनि लेखेको बिरामी पुर्जा भएपछी आवश्यक सेवा प्रदान गरिन्छ। नयाँ बिरामी हरुको अकस्मात डायलाईसिस गर्नुपर्ने भएमा डायलाईसिसको रु ३००० शुल्क लाग्दछ।

 

मृगौलाका दिर्घ रोगीहरुले सेवा लिनका लागी डाक्टरले डायलाईसिस गराउनु भनि लेखेको बिरामी पुर्जा, संबन्धित वार्ड बाट बिपन्नको सिफारिस, बिरामिको नागरिकताको फोटोकपी, दुईप्रति पासपोर्ट साईजको फोटो तथा अन्य अस्पतालमा सेवा लिरहेका बिरामीहरुले उक्त अस्पतालबाट ल्याएको रिफरल कागज राखी यस अस्पतालको प्रसाशनमा निवेदन दिनुपर्दछ। प्रसाशनमा निवेदन दिइसकेपछि डायलाइसिस वार्डमा आई पालोको लागि नाम लेखाउनु पर्दछ। अस्पतालमा थप बिरामिलाई सेवा दिन सक्ने अवस्था भएमा पालो नम्बर अनुसार अस्पतालबाट फोन गरी सेवा लिन आउनको लागी ख़बर गरिन्छ र आवश्यक प्रक्रिया पुरा गरी सेवा लिन सकिनेछ। नेपाल सरकारको नियम अनुसार मृगौलाका दिर्घ रोगीहरुलाई यस अस्पताल बाट निशुल्क सेवा प्रदान गरिन्छ। हाल यस वार्ड बाट ४१ जना बिरामीहरु मध्य २६ जना पुरुष र १५ जना महिलाले सेवा लिईरहनु भएको छ । यसैगरि हप्तामा ३ पटक डायलाईसिस गर्नुपर्ने बिरामी ५ जना, २ पटक गर्नुपर्ने ३६ जना र ७ जना पालो कुरेर बस्नु भएको छ।