काउन्टर (दर्ता) शाखा
दर्ता शाखा (काउन्टर) भन्नाले बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा तथा इर्मजेन्सी सेवा लिन आउने सेवाग्राहीको वैयक्तिक बिबरण चुस्त दुरुस्त बनाई दर्ता गर्ने तथा सेवाग्राही कुन सेवा लिनको लागी आएको हो सो सेवा लिन सम्बन्धित शाखामा प्रेषण गर्ने र सोधपुछ एवं परामर्श कर्ताको रुपमा यस दर्ता शाखालाई बुझिन्छ साथै यस शाखामा नाम दर्ता गर्ने, बिलिङ गर्ने, भर्ना दर्ता गर्ने, डिस्चार्ज दर्ता गर्ने, रिफरल चलानी दर्ता गर्ने, सेवा शुल्क वापत उठाउने राजस्व सङ्कलन गर्ने आदि जस्ता कार्यहरु पर्दछन । अन्य सेवा परिवार नियोजन सेवा, सुरक्षित गर्भपतन सेवा, क्षय कुष्ठरोग सेवा, पोषण 'पुनस्थापना, ART सेवा लिने विरामिको नाम, उमेर, ठेगाना, सम्पर्क नं. जेष्ठ नागरिकको सेवा लिन जेष्ठ नागरिक कार्ड, अपाङ्ग सेवाको लागि अपाङ्ग परिचय पत्र, मातृ तथा नवशिशु कार्यक्रमको सेवा लिन स्वास्थ्य शेवा कार्ड, बच्चालाई खोप लगाउन खोप कार्ड आवश्यक पर्दछ । आकस्मिक सेवाको लागि २४ सै घण्टा नाम दर्ता गर्न पाइन्छ भने अन्य सेवाको लागि आइतवार देखि शुक्रवारसम्म विहान ९ वजे देखि १२.३० वजे सम्म र विस्तारित स्वास्थ्य सेवा (EHS) को लागि आइतवार देखि शुक्रवारसम्म दिउसो २ बजे देखि ५ बजे सम्म नाम दर्ता गर्न पाइन्छ । हाल यस शाखामा ७ जना कर्मचारी कार्यरत रहेका छन् ।

सिर्जना कार्की
मिनराज पन्त
याम कुमारी पाठक
तुलसी रेग्मी
विजय गौतम
एलिसा लामिछाने
पार्वती शर्मा
अनिता शर्मा
सन्जु कोइराला