गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय

धौलागिरी प्रादेशिक अस्पताल

बागलुङ, नेपाल

लेखा शाखा


यस अस्पतालको लेखा शाखाले योजना, कार्यक्रम तथा अनुगमन र अन्य शाखासँग समन्वय गरि कार्यालयको लागि बार्षिक बजेट अनुमान तयार गरी पेश गर्ने साथै कार्यालयका कर्मचारीहरुको तलब भत्ता, संचयकोष, नागरिक लगानी कोष, बीमाकोष आदिको व्यवस्थापन गर्ने, गराउने । कार्यालयको आम्दानी र खर्चको स्रेस्ता प्रचलित कानून बमोजिम व्यवस्थित रुपमा राखि अस्पतालको आम्दानी र खर्चको लेखापरीक्षण गराउने तथा यसको नियमित कार्य र बेरुजु फर्छयौट गर्ने, गराउने खर्चको फाँटवारी, आर्थिक विवरण लगायत प्रचलित कानून अनुसार तयार गर्नु पर्ने विवरण समयमा तयार गरी सम्बन्धित निकायमा पठाउने र अभिलेख व्यवस्थित रुपमा राखि आर्थिक विषयमा राय परामर्श, सिफारिस उपलब्ध गराई आर्थिक कार्यविधि, नियमावली, नियम र विभिन्न समयमा भएको निर्णय बमोजिमका कार्यहरु गर्ने र आर्थिक प्रशासनका अन्य प्रचलित ऐन नियम बमोजिमका कार्यहरु गर्ने। कार्यक्रम संशोधन, रकमान्तर तथा थप निकासा सम्वन्धी कार्यहरु गर्ने।


मुख्य कार्यहरू